मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ
काठमाडाैं | चैत २८, २०७९
नुवाकोट : मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्।
जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका-१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्।
२०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सात वर्ष अगाडि पीडितलाई पटक-पटक फोन गरी भक्तपुरको सूर्यविनायक चोकमा ललाईफकाई गरी ट्याक्सी चढाई हेंटौडा पुर्याएको र त्यसपछि इलामको पशुपतिनगर नाका हुँदै भारतको मुनिरका भन्ने स्थानमा पुर्याइएको र कोठीमा बिक्री गरेको खुलेको प्रहरी नायव उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिए।
अर्का दोषी सिन्धुपाल्चोक रामचेका कुमार तामाङलाई गत २०७५ कार्तिक १४ गतेको अदालतको फैसलाले २० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनले कैद भुक्तान गरिरहेको नुवाकोट प्रहरीले जनाएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

